एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले सत्तापक्षसँग वार्ता गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मोर्चाको बैठकले आन्दोलनको समीक्षा गर्दै वार्तावाटै समस्याको समाधान खोज्ने भन्दै वार्तामा जाने निर्णय गरेको बैठकमा सहभागी मोर्चाका एक सदस्यले सेतोपाटीलाई बताए।
साथै आजको बैठमा वार्ताको लागि सत्ता पक्षले प्रक्रिया रोकेर सहमतीय प्रक्रिया सुरू गर्नुपर्ने शर्त अगाडि सारेको छ।
प्रधानमन्त्रीले विपक्षी मोर्चालाई पटक पटक वार्ताको लागि आह्वान गरेको भए पनि वार्ताको वातावरण भने नबनेको विपक्षी मोर्चाले ठहर गर्दै प्रक्रियालाई फिर्ता गरे वार्तामा जाने निर्णय गरेको हो।
प्रक्रियामा संबिधान बनाउने सत्तपक्षीय दलको निर्णयविरुद्ध एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा माघको पहिलो सातादेखि आन्दोलिन छ ।