एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई अधिकार दिलाउँछुभन्दा आफूलाई जातीवादीको आरोप लाग्ने गरेको बताएका छन्। जिल्ला विकास समिति कास्कीको २३ औं जिल्ला परिषदको बुधबार पोखरामा उद्घाटन गर्दै दाहालले देशलाई निकास दिनका लागी दाहा किटेर विष पिएर भए पनि संविधान जारी गर्ने वताए ।
उनले काठमाडौं फर्केपछि बिहिबार सहमतिवाट संविधान निर्माणका लागि प्रधानमन्त्री शुसिल कोइराला र एमाले नेतृत्वसँग वार्ता थाल्ने बताए। उनले औपचारिक वार्ताले संविधान निर्माणको वातावरण वन्ने विश्वास व्यक्त गरे । संविधान निर्माणका अन्तरवस्तुमा सहमति जुटाउन १२ बुँदे शान्ति सम्झौताको जिवित एक मात्र हस्ताक्षरकर्ताको हैसियतले सहमतिका लागि म एक पटक फेरि विष पिउन तैयार छु भन्दै अध्यक्ष प्रचण्डले जोखिम मोलेरै भएपनि लचकता साथ प्रस्तुत भएर विवादित विषयमा सहमति जुटाउन आग्रसर हुने वताए ।
अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता, १२ वुंदे समझदारी, अन्तरीम संविधानको भावना र मर्म अनुसार प्रकृयालाई अगाडी वढाएर देशलाई भडखारोमा लैजान खोज्ने एमाले र कांग्रेसमा पनि केही साथीहरु रहेको उनको आरोप थियो ।
अध्यक्ष दाहालले उठी सुख न बसी सुखको अवस्था झेलिरहेको बताए । उनले संविधान लेखनका लागि सहमति वा आन्दोलनको जुनसुकै बाटो लिँदा पनि सुख पाउने अवस्था नरहेको बताए । सहमति गरौं भन्यो भने भोलिपल्टदेखि प्रचण्डले धोका दियो भन्नेहरुको तयारी देख्छु, दाहालले भने, लास्टसम्म आन्दोलन गरौं, मुद्दा केन्द्रित होऊँ भने संविधान पनि नबन्ने र देश बिखण्डन हुने खतरा पनि मैले देखेको छु उनको भनाई थियो ।
देशको भलो गर्छु भन्दा बिपी कोइराला र मदन भण्डारीको जस्तो अवस्था बेहोर्नुपर्ने अवस्था देखेको पनि दाहालले बताए । तिब्बत जितेर देशको भलो गरें भन्दै स्याब्बासीको आस गरेर आएका भीम मल्ललाई दुई टुक्रा हुने गरी गिँडियो, उनले भने, त्यस्तो कसले गर्यो त भन्दा देशको हित नचाहनेले।
आफूले लिनेदिने गरी संविधान बनाउन पहल गरे पनि कहिँ न कहिँबाट खतरा आउने उनले बताए । मैले दाह्रा किटेर संविधान बनाउन पहल गरें भने ममाथि कहिँ न कहिँबाट बिपी, मदन भण्डारी र भीम मल्लमाथि जस्तै ममाथि पनि हुन्छ, दाहालले भने, यो देशको भलो गर्छु भन्नेको जे भयो त्यो हुन्छ । रोक्न सक्ने जनताले मात्रै हो । जनताले रोक्नुपर्छ ।
जिल्ला विकास समिति कास्कीका स्थानीय विकास अधिकारी तारानाथ अधिकारीले आर्थिक वर्ष २०७२ । ७३ का लागि ५ अर्व एक करोड ९१ लाखको वजेट प्रस्तुत गरेका थिए । नेता दाहालले विभिन्न क्षेत्रबाट उत्कृष्ट भएकाहरुलाई सम्मान गरेका थिए ।