एमाओवादी सहितको तीस दलीय मोर्चाले शनिबार राजधानीमा आयोजना गरेको बृहत आमसभामाको आयोजना गर्यो।संविधान निर्माणमा आफ्नो बल पनि नपुग्ने एजेन्डा पनि हुबहु नसमेटिने देखेपछि सडक संघर्षतिर तानिएको एकीकृत माओवादीसहितको विपक्षी मोर्चाले शनिबार काठमाडौंमा शक्ति प्रदर्शन र सभा गर्यो ।
टुँडिखेल मैदानमा योङ कम्युनिष्ट लिग (वाइसिएल) लेखिएका राता टोपी र लाठी बोकेका युवा दस्ताको उपस्थिति थियो ।लाखौं मानिस उतार्ने उद्घोषसहित देश दौडाहा गरेर जुटाइएका मानिसहरुले भरिएको खुलामञ्चमा देखिएको रौनक यस्तो थियो।