मध्यपश्चिम प्रहरी प्रमुख तथा डिआइजी केशब अधिकारीले घुमुवा प्रहरी आतंक बढेको भन्दै त्यसलाई बन्द गर्ने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अधिकारीले त्यस्तो बताएका हुन्।
देशका विभीन्न स्थानमा घुमुवाहरुले प्रहरीहरुको छविमा प्रश्न चिन्ह खडा गरेको भन्दै उनले त्यसलाई तत्काल वन्द गर्न माताहतका प्रहरी यूनिटहरुलाइ निर्देशन दिएका हुन्। त्यसै गरी उनले जनतालाई सुरक्षा दिने प्रहरी नै असुरक्षित रहेको बताए। ‘जनतालाई सुरक्षा दिने प्रहरीलाई वस्ने घर छैन उपुयक्त शौचालय छैन कसरी भने जस्तो शान्ति सुरक्षा प्रदान गर्न सकिन्छ?’ अधिकारिको भनाई थियो।
अधिकारिले द्धन्द्धकालमा ध्वस्त भएका मुलुकभरका हजारौ प्रहरी ईकाईहरु अझै पूर्ण रूपमा निमार्ण नभएको भन्दै उपयुक्त बासस्थानको अभावमा पनि सुरक्षा प्रदान गरिरहेकेा बताए। ‘प्रहरीमा श्रोत साधनको अभाव रहेकेा छ, आधुनिक प्रबिधिको प्रयोग गर्न पाएको छैन,’ अधिकारिले भने।
त्यसैगरी डिआईजी अधिकारीले मध्यपश्चिमा खुल्ला सिमाना भएका कारण तराई क्षेत्र सुरक्षाको दृष्टिकोणले सम्वेदनशिल रहेको बताए। उनले भारतबाट हतियार भित्र्याएर नेपालमा घटना घटाउन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि प्रहरी लागि परेको बताए।
त्यसैगरी सुरक्षा चुनौतिका रुपमा भूमिगत समूहहरूको अहिले प्रभाव नभएपनि कुनै बेला हुनसक्ने संकेत गरे। उनले मध्यपश्चिमको शान्ति सुरक्षा सुदृढ बनाउनका लागि पहिलेको तुलनामा दोव्वर संख्यामा प्रहरी परिचालन गरेको बताए। समाजमा अपराध गराउने प्रमुख कारक घरेलु मदिरा रहेको भन्दै वर्दियाबाट मदिरा नष्ट अभियान शुरु गरेकेा र अव मध्यपश्चिम भरि नै त्यो अभियान शुरु हुने उनले बताए।