मधेसी जनअधिकार फोरम नेपाल उपेन्द्र यादवले माघ ११ को कदम फिर्ता नभएसम्म सत्तारूढ दलसँग वार्ता नहुने बताएका छन्।
सभालाई सम्बोधन गर्दै नेता नेपालले यदि विगतको गल्ती नसच्चिएसम्म आफूहरू वार्तामा नबस्ने बताएका हुन्। उनले सत्तारूढ दलका नेतालाई प्रश्न गरे,‘ वार्तामा जानु पूर्व सुशील कोइरालालाई विगतको सझौता मान्य हुन्छ हुँदैन। माघ ११ गतेको कदम फिर्ता हुन्छ कि हुदैन? हुँदैन भने वार्ताको कुनै अर्थ छैन। अबको विकल्प भनेको विद्रोह र क्रान्ति हो। यो मुक्तिको सवाल हो। मुक्ति पाउँदैनन भने जनता मुक्तिका लागि लड्न र बलिदान दिन तयार छ। नेताहरु खुट्टा नकमाउनुहोस। विजय हुन्छ हुन्छ।’
संविधानसभाबाट संविधान बनाउनका लागि दुइ पटक निर्वाचन भएको स्मरण गराउँदै नेता यादवले संविधान बनाउने कुरा विगतमा भएको जनयुद्ध मधेस आन्दोलन, आदीवासी जनजातिको आन्दोलनलाई समेटेर संविधान बनाइनुपर्ने धारणा राखे।
उनले सहमतिमाथि टेकेर कस्का लागि संविधान बनाउने? भन्दै कांग्रेसले त सात सालदेखि ४७ सालसम्म पनि बनाएकै हो। तर पनि कुनै संविधानले मधेसी, सोशीत पीडितको आवाजलाई सम्बोधन गर्न नसकेको बताए।
‘मधेसी, आदिवासी जनजाति, महिला, दलित जस्ले विगतमा ६ वटा संविधानमा पनि अधिकार पाउन सकेन अब कांग्रेस र एमालेले बनाएको संविधानले गर्न सकदैन। र त्यो बनेमा पनि जनताले मान्दैनन्’, उनले भने,‘अब संविधानमा समावेशी समानुपातिक र स्वायत्तता र स्वशासनको सुनिश्चितता हुनुपर्छ।’