एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले गलत लाइन भएका मान्छेलाई खबरदारी गर्ने सभा भएको बताएका छन्।
कांग्रेस एमालेले संख्यात्मक बहुमतको घमण्ड लिएको भन्दै हात्ती दुब्लायो भने पनि यो हात्ती नै हुन्छ, मुसो हुँदैन। बाघ दुब्लाएर बिरालो हुँदैन बाघै हुन्।
सभालाई सम्बोधन गर्दै भट्टराईले यो सभा खबरदारी सभा भएको बताएका छन्।
केही मान्छेहरुले रंग नदेख्ने कमजोरीका कारण कलरब्लाण्ड भएकालाई खबरदारी गर्दै यदि यो इन्द्रधनुषको रंग देख्दैनौ भने आँखाको उपचार गर्न बाबुरामले सल्लाह दिए।
अहिले केहि कारण दुई तिहाइ भएको दम्भ देखाएका छन्। हात्ती जति दुब्लाए वा बाघ दुब्लाए पनि मुसो वा विरालो हुदैन। हात्ति र बाघै रहन्छ।
अहिले कतिपयले एमाओवादी मधेसवादी आन्दोलन मात्रै कुरा गर्छन् भन्ने भ्रम छ। हामी संविधानसभाको लागि लडाइ लडेका थियौं। हाम्रा हजारौ शहिदले ज्यान गुमाए। हाम्रो टाउकोको ५० लाखको मूल्य तोकेका व्यक्तिले अहिले फेरि हाम्रो अधिकार अपहरण भएको छ। अब कतिपयलाई लागेको होला अहिले नोटअफ डिसेन्ट लेखे हुन्छ। तर त्यो हैन। हामीले जस्तै ५० वर्ष हाम्रा भावी पुस्ताले लड्न सक्दैनन्।
अहिले म १८ जिल्लाका जनतालाई भेटेर आएको छु। हाम्रा छोरा छोरीले रगतसँग साटेर ल्याएको संविधानसभालाई फेरि अपहरित हुन नदिनु भनेका छन्। अहिले विधि र प्रक्रियाको कुरामात्रै होइन। संविधानको अर्न्तवस्तु पनि हो। कांग्रेस र एमालेबीचको अपवित्र गठबन्धनले संवाद समितिमा समस्या आएकेा हो। फेरि समावेशी समानुपातिक निर्वाचन प्रणालीबीना कुन वर्गको प्रतिनिधित्व हुन्छ?
हामीले विगतमा भएका सहमति अनुसार पहिचान र सामाथ्यका आधारमा स्वायत्त प्रदेश र अधिकार क्षेत्र दिने कुरा भएको थियो। हामी सबै जातजाति भाषा, समुदायको पहिचान र अधिकार सहितको प्रदेशको विषयबाट पछि हट्न सकिदैन। प्रश्न संख्याको होइन। संघीयताको आधार हो। हामीले देश टुक्रयाउँदै छ भन्ने हौवा गलत हो। जुन जनजाति, मधेसीले देश बचाए उनीहरुले देश टुक्रयाउन चाहदैनन्।
शहरिया मध्यम बर्गका मित्रहरुलाई आग्रह छ राजनीतिक क्रान्ति पूरा नभइ आर्थिक क्रान्ति सम्भब हुँदैन। कांग्रेस र एमालेको नेतृत्वमा आन्दोलन विरोधीको हाबी हुँदा राजनीतिक क्रान्ति ढिला भयो। हामी पनि आन्दोलनको पक्षमा छैनौ। बार्ताको विरोधी पनि होइनौ। हिजोको कथित बहुमति प्रक्रिया खारेज नगरेसम्म सहमति हुन सक्दैन। बाघ जति बुढो भएपनि घास खाँदैन। त्यसैले विगतको सम्झौता अुनसार अग्रगामी संविधान नभएसम्म हामी रोकिदैनौ। यो त आन्दोलनको टेलर हो। आन्दोलनको आधीबेहरी आउन बाँकी छ। साच्चैको फिल्म तपाइहरुले देख्नु हुनेछ।