सद्भावना पार्टीका राजेन्द्र महतोले केपी ओलीको इलाज डाक्टरले गर्न नसक्ने भन्दै नेपाली जनताले मात्र उनको इलाज गर्न सक्ने बताएका छन्।
तीस दलीय मोर्चाले शनिबार राजधानीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका महतोले भने,‘केपी ओलीको इलाज डाक्टरले गर्न सक्दैन । नेपाली जनताले मात्र इलाज गर्न सक्छ।’
कार्यक्रममा बोल्दै नेता महतोले आफ्नो कार्यक्रम कांग्रेस एमालेको भण्डाफोर गर्नका लागि तय भएको बताएका छन्। ‘उनीहरुले झुटको खेती गरे। नेपाली जनतालाई संविधान चाहियो रे। संविधान त उनीहरुले ४७ सालमा बनाएर यो नै उत्तम संविधान भन्दै कमा पनि परिवर्तन गर्नु हुँदैन भनेको थिए।’
यो देशमा २० हजार मानिस मरेको पुरानै संविधान बनाउन हो? ५३ मधेसी मरेको यहि अधिकार विनाको संविधान बनाउन हो? भन्न् प्रश्न गर्दै उनले दलित, मुस्लिम यसैका लागि उपयुक्त अधिकार, पहिचान र संघियता सहितको संविधान चाहिएको बताए।
‘कहा गए १२ बुदे सम्झौता, शान्ति सम्झौता? दुई तिहाई बहुमतको बलमा संविधान बनाउने कुरा बेइमानी हो। गिरिजाप्रसाद कोइरालासँग भएको सहमति खोज्न अब कहाँ जाने?’
विगतमा गरिएका सझौता विर्सेर संविधान बनाउन नसक्ने भन्दै उनले पहिचान सहितको संविधान चाहिने दाबी गरे।
र्दुइ तिहाइको बलमा गलत संविधान बनाए त्यो जनताले नमान्ने भन्दै उनले अब केपी ओलीको दिमाग उल्ट्याउन सकिदैन। अब जनताले कांग्रेस र एमालेको दिमाग उल्ट्याएर जनताले चाहे अनुसारको संविधान बनाउनु पर्छ,’ उनले भने।
‘अब वार्ता फार्ता गरेर हुँदैन। सहमति गर्ने र सहमतिको आधारमा गर्ने हो भने प्रचण्डले गरीहाल्नुहोस। होइन भने आन्दोलनको कार्यक्रम अघि बढाइ वारपारको लडाइ लडौं,’ उनले भने।