एकीकृत माओवादी नेतृत्वको तीस दलीय मोर्चाको वृहत जनसभाका क्रममा आदीवासी जनजाती राष्ट्रिय आन्दोलन नेपालका प्रवक्ता ओम गुरुङले पहिचान र अधिकारको रक्षाका आफूहरू लठी मात्र होइन बन्दुक पनि उठाउन तयार रहेको बताएका छन्।
सम्बोधनका क्रममा उनले भने, ‘हाम्रा युवाहरुको दस्ता बनीसकेको छ। आवश्यकता परेमा हाम्रा आदीवासी युबा लठ्ठीमात्र हैन बन्दुक पनि उठाउन तयार छन्।’
सभालाई सम्बोधन गर्दै गुरूङले आफूहरूको ऐक्यवद्दता यो आन्दोलनलाई मात्र नभएर पहिचान, संघीय गणतन्त्र र जन अधिकारको पक्षमा रहेको बताए।
उनले भने,‘यतिबेला आदीवासी जनजातिको पहिचान र अधिकार स्थापित हुने संविधान जारी भएको हामी हेर्न चाहन्छौ। तर सत्तापक्षको नियत र क्रियाकलाप हेर्दा आदीवासी जनजाति, मधेसी, दलित, मुस्लिम, सुदुरपश्चिमका खसानको अधिकार रक्षा गर्ने भन्दा पनि यथास्थितीबाद तर्फ धकेल्न चाहेका छ।’
खुलामञ्चमा आयोजित ३० दलीय मोर्चाको जनसभालाई सम्वोधन गर्दै गुरुङले भने, ‘आदिवासी जनजातिहरु बन्दुकसँगै जन्मेका हुन्, बन्दुकसँगै हुर्केका हुन्, आवश्यक पर्यो भने बन्दुक उठ्छन् ।’
उनले आदिवासी जनजाति युवाहरुको दस्ता बनिसकेको जानकारी पनि दिए । अहिले ति युवाहरुको दस्ताको हातमा लठ्ठी परेको र आवश्यक परे बन्दुक पर्ने उनले चेतावनी दिए ।
उनले आदिवासी जनजातिको अधिकार माग्दा देश टुक्राउन खोजेको आरोप लगाइएको भन्दै त्यसको खण्डन गरे ।