प्रधानसेनापति महारथी गौरव शम्शेर ज.ब.रा.ले रथी दर्जामा पदोन्नती भएका उपरथी श्री राजेन्द्र क्षत्रीलाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
जंगी अड्डामा शनिबार आयोजित एक विशेष समारोहका बीच क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
गत महिना रथी पवन वहादुर पाण्डेले अवकाश प्राप्त गरेपछि रिक्त रथीमा उपरथी क्षत्रीलाई फागुन १२ गतेको मन्त्रिपरिषद्को बैठकले बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रीपरिषद्को सोही बैठकले रथी क्षत्रीलाई बलाध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी नियुिक्त गरेको छ। यसअघि बलाध्यक्षको जिम्मेवारी सम्हालेका रथी श्री प्रदिप विक्रम राणालाई बलाधिकृतको जिम्मेवारी दिईएको छ।
त्यसैगरी सोही अवसरमा प्रधानसेनापति राणाले प्राविधिक सहायक रथीबाट प्राविधिक उपरथीमा बढुवा भएका प्राविधिक सहायक रथी योगेन्द्र बहादुर खांणलाई प्राविधिक उपरथी र प्राविधिक महा सेनानीबाट प्राविधिक सहायक रथीमा बढुवा भएका प्राविधिक महा सेनानी कमाल सिंह प्रधानलाई प्राविधिक सहायक रथीको दर्जानी चिन्ह प्रदान गरेका छन्।