फाइल तस्विर
एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले राजधानीमा गर्न लागेको शक्ति प्रदर्शनको लागि ल्याउन लागिएका करिब ३ हजार लाठी बरामद गरेको छ।
राजधानीको नागढुंगा र बानेश्वरबाट करिब तीन हजारको संख्यामा लाठी बरामद भएको प्रहरीले जनाएको छ। एमाओवादीका नेताका अनुसार बानेश्वरबाट दुई हजार र नागढुंगाबाट एक हजार लाठी प्रहरीले जफत गरेको जानकारी दिए।
प्रहरीले चेकजाँच गर्नेक्रममा लाठी बरामद गरेको हो। राजधानीका विभिन्न चोकबाट नारा जुलुससहित गठबन्धनका कार्यकर्ता खुल्लामञ्च आउने क्रम जारी छ। गठबन्धनको कार्यक्रमलाई मध्यनजर गर्दै राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ। ठुलो संख्यामा प्रहरी परिचालन गरिएको सुरक्षा निकायले जानकारी दिएको छ।