संवैधानिक परिषद्ले अख्तियार दरुपयोग अनुसन्धान आयोगका आयुक्त नियुक्तिका लागि पाँचजना सदस्य सिफारिस गरेको छ।
शुक्रबार बसेको परिषद बैठकले दीप बस्नेत, नविन कुमार घिमिरे,गणेशराज जोशी,सावित्री गुरुङ,र राजनारायण पाठकलाई अख्तियारको आयुक्तका लागि सिफारिस गरेको मुख्य सचिव लिलामणी पौडेलले बताए।
बस्नेत,घिमिरे र जोशी नेपाल सरकारका पूर्व सचिव हुन्। राजनारायण पाठक नायव महान्यायाधिवक्ता र सावित्री गुरुङ प्रध्यापक हुन्।
उनिहरुको संसदीय सुनुवाई बाट अनुमोदन भए राष्ट्रपतिले नियुक्ति गर्ने छन्। अख्तियारमा अावश्यकता अनुसार अायुक्त नियुक्त गर्न सकिने संवैधानिक प्रावधान छ। उनिहरु संसदीय सुनुवाई बाट अनुमोदन भए अख्तियारमा सात जना अायुक्त हुने छन्।