एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले आगामी शनिबार गर्ने भारत भ्रमणमा भारतीय राष्ट्रपति सहित बरिष्ठ नेताहरूलाई भेट्ने भएका छन्।
भट्टराई निकट स्रोतले दिएको जानकारी अनुसार प्रवण मुखर्जीसँग भेट्ने तय भए पनि अन्य नेतासँगको समय मिलिसकेको छैन।
काठमाडौंमा एमाओवादी नेतृत्वमा ‘पहिचानवादी’ दलहरुको बृहत आमसभालाई सम्वोधन गरेर भट्टराई भारतीय राजधानी दिल्ली तर्फ प्रस्थान गर्ने कार्यक्रम छ। त्यसपछि १७ गते भट्टराईले भारतीय शहर मुम्बइमा पार्टीको प्रवासका कार्यकर्तालाई सम्वोधन गर्नेछन्।
भट्टराईको भ्रमणको उदेश्यबारे पार्टीले खुलाएको छैन। पार्टी नेताहरुले भट्टराईले १७ गते पार्टीको प्रवासमा रहेका कार्यकर्ताको कार्यक्रममा सम्वोधन गर्न भ्रमण हुन लागेको बताएका छन्।
‘उहाँ १७ गते काठमाडौँ फर्कने कार्यक्रम छ,’ भट्टराई निकट नेता गंगा श्रेष्ठले सेतोपाटीलाई भने।
संविधान निर्माणमा विवादका दलहरु विच संवादहिन भएको अवस्थामा भट्टराइले गर्न लागेको दिल्ली भ्रमणलाई काठमाडौँमा चाखपूर्ण रुपमा हेरिएको छ।