संविधानसभामा सुरु भएको बहुमतीय प्रक्रियाको विरोध गरिरहेको एकीकृत नेकपा (माअोवादी) नेतृत्वको माेर्चाले फागुन १६ मा राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम छ। साेही प्रदर्शनमा सुरक्षा दिने दस्ताको रूपमा एनेकपा माअाेवादीले मंगलबार राजधानीमा बाँसकाे लठ्ठी बोकेका दस्ताकाे मार्चपास गर्याे।
माअाेवादी नेता जनार्दन शर्माकाे उपस्थितिमा राजधानीको भृकुटीमण्डपबाट सुरु भएकाे मार्चपासले सुन्धारा, जमल, पुतलीसडक परिक्रमा गर्दा त्यस क्षेत्रकाे यातायात व्यवस्थामा अस्तव्यस्त बनेकाे थियो।