अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका कार्यकारी निर्देशक राजबाबु श्रेष्ठलाई निलम्बन गर्न कोषलाई निर्देशन दिएको छ।
कोषमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि अख्तियारले श्रेष्ठबारे छानविन गरेको थियो।
उनले दातृ निकायबाट प्राप्त भएको पैसा र सरकारले विनियोजन गरेको बजेट समेत अनियमितता गरेको भेटिएको अख्तियारले जनाएको छ।
श्रेष्ठ कोषको कार्यकारी निर्देशकको पदमा बहला रहे थप अनुसन्धान गर्न बाधा पुग्ने भन्दै अख्तियारले निलम्बन गर्न निर्देशन गरेको हो।
‘श्रेष्ठलाई पदमा बहाल राखेर अनुसन्धान गर्दा आपूविरुद्धको प्रमाण नाश गर्न सक्ने र अनुसन्धान कार्यमा बाधा व्यवधान पुराउन सक्ने देखिएकाले आजैका मिति देखि लागु हुने गरी निलम्बन गरी आयोगलाई जानकारी दिन,’ अख्तियारले निर्देशन दिएको हो।
अख्तियारले कोषलाई निलम्बन गर्न पत्र काटिसकेको छ।