विप्लव माओवादीका बारा जिल्ला सदस्य उमेश कट्टेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनलाई डर धम्की दिने कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको हो। भोजपुरा राज्य इन्चार्ज रबिले एक विज्ञाप्ति जारी गरि आफ्ना निर्दोश कार्यकर्तालाई प्रहरीले झुट्टा मुद्धा लगाएको भन्दै आपत्ति जनाएका छन्।
‘हाम्रा निर्दोश कार्यकर्तालाई प्रहरीले झुट्टा मुद्धा लगाएर गिरफ्तार गरेको छ, यसको हाम्रो पार्टी घोरभत्सर्ना गर्दछ । क. उमेशलाई तत्काल रिहाई गर्न माग गर्दछौं ।’ रबिले विज्ञाप्तीमा उल्लेख गरेका छन् । उनले रिहाई नगरे कडा आन्दोलन गर्न समेत बताएका छन् ।