संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले नेपालमा ब्यालेटको आधारमा कुनैपनि ठूला परिवर्तन नभएको भन्दै सत्तारुढ दल काँग्रेस र एमालेले दुईतिहाईबाटै संविधान बनाउन चाहे बनाएर देखाउन चेतावनी दिएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपाल भक्तपुर शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष झाले काँग्रेस र एमालेका नेताहरुले गोजीबाट संविधानका विवादित विषयमा डा्रफ्ट तेर्साउने गरेकोले आफूहरु वार्तामा नबसेको समेत स्पष्ट पारे। उनले सत्तारुढ दलले मधेशका मुद्यालाई पुरै बेवास्ता गरेको समेत आरोप लगाएका छन्।
झाले विगतमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनले प्राप्त गरेका उपलब्धिहरुलाई संस्थागत गर्न संविधान बनाउनुपर्ने बताउँदै भने–'विगतका उलब्धिहरुलाई संविधानसभाले वैधानिकता दिनेमात्रै हो, यो कुनै संख्याको आधारमा लेखिने कुरा होईन।'