विगत दुई दिनयता इराक र सिरियामा इस्लामिक स्टेट (आइएस) विरुद्ध अमेरिका र अन्य राष्ट्रको संयुक्त गठबन्धनद्धारा हवाई आक्रमण जारी राखेको जनाइएको छ।
सो कारबाहीको क्रममा इराक र सिरियामा गरी दुई दर्जन हवाई आक्रमण भएको पेन्टागनले जानकारी दिएको छ।
यस क्रममा सिरियामा लडाकू विमान, बमवारी, मानवरहित विमानगरी १३ वटा हवाई आक्रमण भएको जनाइएको छ।
यसैगरी इराकमा १२ वटा हवाई आक्रमण गरिएको पनि पेन्टागनले प्रष्ट पारेको छ।
हालैका केही महिनायता अमेरिका र अन्य राष्ट्रको संयुक्त सैनिक गठबन्धनले हवाई आक्रमण जारी राखेको अमेरिकी प्रतिरक्षा मन्त्रालयले जानकारी दिएको छ।
आइएस विरुद्ध इराकमा रहेका संयुक्त सैनिक गठबन्धनमा सहभागी राष्ट्रहरूमा संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, बेल्जियम, क्यानाडा, डेनमार्क फ्रान्स, नेदरल्यान्ड र बेलायत रहेका छन्।
त्यसैगरी सिरियामा आएसको कारबाहीका लागि कार्यरत संयुक्त गठबन्धनमा सहभागी राष्ट्रहरूमा संयुक्त राज्य अमेरिका, बहराइन, जोर्डन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स रहेका छन्। रासस\सिन्ह्वा