झापामा एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले जिल्ला प्रशासन कार्यालयअगाडि रहेको प्रहरी घेरालाई तोड्न खोज्दा प्रहरीले बल प्रयोग गरेको छ।
प्रहरीको लाठी चार्जबाट दुईजनाको टाउको फुटेको छ। रामु लुईंटेल र दुर्गा कामतीकाे टाउकाे र दुईजनाको हातमा चोट लागेको छ।
गङ्गा माझी र गगन पुरीकाे हातमा चाेट लागेकाे हाे।
‘सहमतिको संविधान जारी गर बहुमतीय संविधान मान्दैनौँ’ भन्ने नाराका साथ निस्किएको र्याली जिल्ला प्रशासन अगाडि बढेको भीडलाई तितरवितर गरिसकेपछि र्यालीका प्रदर्शनकारीले प्रहरीतर्फ ढुङ्गा प्रहार गरेका थिए। अहिले सदरमुकाम तनावपूर्ण छ।
सुरक्षा व्यवस्थालाई कडा गरिएको छ । आन्दोलनकारीहरुले जिल्ला प्रशासन वरपर गोलबद्ध भएर नाराबाजी गरिरहेका छन्। रासस