बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) ले आज नेकपा–माओवादीका महासचिव रामबहादुर थापालाई भेटी बन्द हडतालका क्रममा विद्यालयमा पठनपाठन अवरुद्ध नपार्न ध्यानाकर्षण गराएको छ।
सो पार्टीको कार्यालय बुद्धनगरमा सिजपमा अध्यक्ष कृष्ण सुवेदीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विद्यालयलाई कुनै पनि बहानामा राजनीतिक तथा अन्य कुनै पनि किसिमको हस्तक्षेपबाट मुक्त राखी निर्विवादरुपमा विद्यालयमा पठनपाठनको वातावरण सुनिश्चित गर्न माग गरेको हो।
बालबालिकाको क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थाको राष्ट्रिय सञ्जाल रहेको सो सिजपले विद्यालय शान्ति क्षेत्रको अवधारणालाई कार्यान्वयनका लागि विगतमा दलका नेताहरुले गरेको प्रतिवद्धताको पनि स्मरण गराएको छ।
एक दिनको बन्द हड्तालले ७७ लाखभन्दा बढी विद्यालय जाने बालबालिकालाई नकारात्मक असर पार्ने भएकाले त्यसतर्फ ध्यान दिन महासचिव थापा, प्रवक्ता पम्फा भुसाललाई आग्रह गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए।रासस