एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र वैद्य नेतृत्वको नेकपा-माओवादीले आह्वान गरेको आम हड्ताल अहिले चार बजेबाट सकिने भएको छ।
साँझ ५ बजेसम्म निर्धारण गरिएको बन्द अवधि सर्वसाधारणको समस्यालाई मध्यनजर गरेर एक घण्टा छोट्याइएर ४ बजेसम्म कायम गरिएको मोर्चाका एक नेताले सेतोपाटीलाई बताए। यसैबीच आफूहरूले आव्हान गरेको बन्दबाट पर्न गएको असुविधाको लागि पनि माफीसमेत मागेको छ। त्यस्तै राजधानी बाहिरका अधिकांश जिल्लाहरूमा बन्द खुला भइसकेको छ।