एकीकृत नेकपा (माओवादी) सहित मधेसी मोर्चाको ३० दलीय गठबन्धनले आह्वान गरेको बन्दका क्रममा आज झापाको सदरमुकाम भद्रपुरमा बन्दकर्ता र व्यापारीबीच झडप भएको छ।
झडपमा बन्दकर्ता रञ्जितकुमार सिन्हा घाइते भएका छन्। झापाको सदरमुकाम भद्रपुरस्थित चन्द्रगढीबजार बन्द गराउने क्रममा झडप भएको थियो।
बन्दकर्ताको समूहले बजार बन्द गराउन आएपछि चन्द्रगढीका व्यापारीहरु बन्दको विरोधमा उत्रिएपछि दुवै समूहबीच झडप भएको थियो । झडपपछि अहिले चोक–चोकमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने हाल चन्द्रगढीका पसल बन्द रहेका छन् ।
व्यापारिक समूहले गरिखान नदिने प्रवृत्ति अन्त्य गर, व्यापारिक ऋण तिरिदे, बालबच्चा पालनपोषणको जिम्मा लिई अनिमात्र बन्द गर भन्दै चर्का नाराबाजी गर्दै प्रतिकार पनि गरेका थिए । रासस