मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज पूर्वाञ्चल बन्द गराएको छ ।
माघ ८ मा जारी गर्न लागेको संविधानप्रति विरोध जनाउँदै वैद्य नेतृत्वको माओवादीले आज पूर्वाञ्चल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ। आज बिहानैबाट लहान हुँदै पूर्वपश्चिम राजमार्गमा चल्ने मोटरसाइकलबाहेकका कुनै पनि सवारीसाधन चलेका छैन। पसलहरु पनि बन्द छ । स्कुलहरु पनि सञ्चालनमा आउन नदिने माओवादी कार्यकर्ताले बताएका छन् । पूर्वका कलकारखाना र उद्योग पनि बन्द भएको छ। रासस