यो जाडोमा नेपालको राजनैतिक गर्मागर्मी बढीरहेको बेलामा, एकजना ज्योतिषले गर्दै केपी शर्मा ओली माघ ८ पछि प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका छन्।
ज्योतिष तान्त्रिक विहङमराज तिमिल्सेनाले स्व. कृष्ण प्रसाद भट्टराई, शेर वहादुर देउवा, रामचन्द्र पौड्यालको भविश्यवाणी गरेर विगतमा चर्चामा कमाईसकेका छन्।
१७ बर्ष नेपाली सेनाको पण्डित समेत भैसकेका उनले माघ ८ गते संविधान आउने या नआउने दोधार भएकाको र एमाले अध्यक्ष के.पी वलीको प्रधानमन्त्रि हुने हल्ला चलिरहेको बेलामा यो कुरा बाहिर ल्याएका हुन्।
ज्योतिष तिमिल्सेनाले भने–‘नेताहरु एकै ठाउान बसेर दशमहाविद्या जगाउनुका साथै नेताहरुको योग मिल्यो भने तोकिएकै मितिमा संविधान आउने छ। तर त्यसकोलागी नेताहरु तयार हुनु प¥यो म जतिखेर पनि त्यो कार्य गराउनको लागि तयारै छु।’
नेपालमा जे जस्तो व्यवस्था आएपनि गुरु वृहस्पति बलवान रहेकाले हिंसा तथा काटमार नहुने ज्योतिषको तर्क रहेको छ।
आफूले भविश्यवाणी गरेको कुरा तलमाथि नहुने भएकाले कसैलाई केही लागेमा ९८४१३१४१२० मा सम्पर्क गर्न सकिने पनि उनले बताए।