म दुई राजालाई मात्र मान्छु।
पहिलो पृथ्वीनारायण शाह र दोस्रो राजा महेन्द्रलाई मात्र म सच्चा राष्ट्रवादी मान्छु। हामी सबै इतिहासप्रति इमानदार हुनुपर्छ। इतिहास वास्तविक हुनुपर्छ। यथार्थवादी हुनुपर्छ। एकथरी मानिस इतिहासका घटनाप्रति श्राप गर्न चाहन्छन्। वास्तविकता बुझ्न चाहँदैनन्। इतिहासमा पृथ्वीनारायण शाहले गलत गरे भनेर कसैले भन्न सक्दैन।
आज हामी जहाँ छौं त्यो उनकै देन हो।
आज या हिजो या भोलि पनि आफूसँग नमिल्नेलाई आक्रमण गरेर देश बन्न सक्दैन।
मानिसहरू किन विभाजित भएका छन्। नबुझ्नेलाई जेलमा लैजानु हुन्न। हामी यथार्थवादी हुनुपर्छ।
मैले फ्रान्सको इतिहास धेरै पहिले पढेको हुँ। तर पेरिसको भ्रमणपछि मैले धेरै कुरा बुझ्ने कोसिस गरे। आजको फ्रान्सको विकास नेपोलियन बोनापार्टले गरे। त्यसैले हामी इतिहासको अध्ययन गर्नेले आत्तिनु हुन्न।
कसैले पृथ्वीनारायण शाहलाई समाप्त पार्न खोज्छन् भने तिनले नेपाल समाप्त पार्न खोज्दैछन्। जसले संविधानमा देशको नाम बदल्न खोजे, झन्डै फेर्न खोजे।
मेरो राजा विरेन्द्रसँग पशुपतिभक्त महर्जनमार्फत सम्पर्क थियो। उहाँको सपरिवारको हत्या हुँदा ठूलो कुरा गुमाएजस्तो लाग्यो मलाई। कयौ दिन आँखा रसाए। मबाहिर थिए जतिसक्दो छिटो भेट्न चाहन्थे तर मैले लाश पनि देख्न पाइनँ।
त्यसबेलाको संसदले श्रद्धाञ्जली दिएन। संसदमा श्रद्धाञ्जलीको प्रस्ताव कहि कतैबाट पनि आएन नयाँ राजाबाट पनि आएन। संसदमा कुरा उठाउनुहुन्न र उठ्यो भने पछि आउने राजालाई अप्ठ्यारो पर्छ भनेर यसो गरियो। एउटा परिवार समाप्त पार्ने काम भयो। मानिसहरू विदेशतिर आँखा लगाउँछन्।
त्यो बेलाको छानबिन समितिको प्रतिवेदनप्रति विश्वास छैन।
मलाई नयाँ राजाले बोलाए। म गएँ पनि म फुटेको पार्टीको महासचिव थिएँ। मैले नयाँ राजालाई तपाईं राजा वीरेन्द्र भन्दा पनि लोकप्रिय हुनुपर्छ भनेँ।
लोकतान्त्रिक राजा हुनुपर्छ। राष्ट्रिय सभामा सरकारले पठाएको लिस्ट नोमिनेट गरिदिनुहोस्। एकदमै राम्रो र खुला दिलले कुरा गरिरहेको बेला अचानक ज्ञानेन्द्रको अनुहार बदलियो।
राजाले सत्ता लिँदै गए। मैले गलत गरियो र खबर पठाउँदै गएँ।
सार्वजनिक कार्यक्रममा आएर के छ बामदेव भने राजाले।
मैले भनेँ, 'सरकार सबै ठाउँमा बेठीक छ।' माओवादीले वार्ताको मध्यस्तता गर्न भनेका थिए। मैले लोकेन्द्रबहादुर चन्दलाई खबर पठाएँ।
मैले धेरै बाटोबाट प्रचण्डले राजा राख्न तयार भएको खबर पठाएको थिएँ। मैले पशुपतिलाई पनि भने। विवेक शाहलाई पनि भने। टीका धमला जर्साबलाई पनि भने। मलाई पक्राउ गरियो। मलाई पुलिसका अफिसरहरू भेट्न आउँथे।
अनि त्यहीं मैले योजना बनाएँ। लोकतन्त्र र माओवादी मिल्नुपर्छ भनेर योजना बनाएर माधवकुमार नेपाललाई भने। माओवादीसँग पनि सल्लाह गरे। १२ बुँदे समझदारीमा कहीं पनि राजा फाल्नेकुरा छैन तर राजा फालियो।
राजालाई कसैले साथ दिएन। र दिँदैन पनि।
कसैले पनि भत्काउन सक्दैन। मैले शेरबहादुर देउवाको पालामा १२७ लगाएर बाधा अड्काउ फुकाउँन लगाऊँ भन्ने कुरा भएको थियो। मैले हुन्न भनेँ। अब यसलाई १२७ लगाएर राजा अगाडि बढ्नेछन् भन्ने मलाई लाग्यो।
त्यहीबाट राजा समाप्त हुनेछन्। हामी सत्य बाटोमा हिडेँका थियौ। सेरोमोनियल राजा पनि अब सम्भव छैन। दुनियाँमा यस्ता घटना भएका छन्। अब राजा फर्काउनु निरर्थक हुनेछ।
यस्तो बेला सालिक भत्किन सक्छन् जब कि नेपालको नाम फेर्ने झन्डा फेर्ने कोसिस भयो। पृथ्वीनारायण शाहको शालिक भन्काउनु स्वभाविक हो।
पृथ्वीनारायण शाहलाई कसैले समाप्त पार्न सक्दैनन्। यो राष्ट्रको एकता दिवस कहिले मनाउने भन्ने कुरामा म द्विविधामा छु। वातावरण बनिसकेको छैन भनेर मेरो पार्टीको अध्यक्षले भन्नु भयो।
राजाको सबै सालिक बाटोमा राख्नु आवश्यक छैन। नारायणहिटी संग्रहालयमा राख्नुपर्छ।
आज एक्लो मान्छे बहादुर बन्न सक्दैन। सिनेमाको हिरो मात्र बन्छ। राष्ट्र निर्माताको सम्मानमा राष्ट्रिय एकता दिवस हुन्छ। हुन्छ।
शनिबार राष्ट्र निर्माता पृथ्वीनारायण शाह र नेपाली राष्ट्रियताको चिनारी विषयक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश