भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ सहित मुख्य तीन सुरक्षा निकायका प्रमुख नियुक्त गरेका छन्।
रअको प्रमुखमा राजिन्दर खन्ना नियुक्त भएका छन् भने रिजर्भ पुलिस बल (सीआरपीएफ) को प्रमुखमा गृहमन्त्रालयका विशेष सचिव प्रकाश मिश्र र अरविन्द सक्सेनालाई एविएशन रिसर्च सेन्टर (एआरसी) को प्रमुखमा नियुक्त भएका छन्।
हालका रअ प्रमुख आलोक जोशी यही महिनाको अन्त्यमा अवकाश पाएपछि खन्नाले जिम्मेवारी सम्हाल्ने भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।
खन्नाले भारतको आतंकवाद विरोधी अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।