कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारी धरौटीमा छुटेका छन्। शनिबार राजधानीबाट पक्राउ परेका उनलाई चितवन जिल्ला अदालतले २७ हजार धरौटीमा रिहा गरेको हो।
चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश विनोदमोहन आचार्यको एकल इजलासले अधिकारीलाई धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि पनि अधिकारीलाई २५ दिन थुनामा राखेर प्रमाण नपुगेको भन्दै सरकारी वकिलको कार्यालयले मुद्दा नै दर्ता नगरी छाडेको थियो।