उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतमका प्रमुख राजनीतिक सल्लाहकार प्रदीप नेपालले राजीनामा दिएका छन्।
मन्त्री सरहको सुबिधा पाउने गरी करिब ६ महिनाअघि सल्लाहकार नियुक्त भएका नेपालले आइतबार गौतमको पछिल्लो कार्यशैलीसँग असन्तुष्ट हुँदै आजैका मितिदेखि लागू हुनेगरी राजिनामा दिएको बताए।
आफ्नो कुनै सल्लाह पनि सुनुवाई नभएपछि एमाले पोलिटव्यूरो सदस्य समेत रहेका उनले राजिनामा दिएको बताए।
नेता नेपालले आफ्नो भाइ समिरमार्फत उनको राजिनामा पत्र गृहमन्त्रीलाई पठाएका छन्।