माघ ८ मै संविधान जारी गर्नका लागि दोलखा सदरमुकाम चरिकोटमा शनिवार मैनतबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । जवाफदेहिताका लागि गौरीशंकर समूह र सहभागीमुलक ग्रामिण विकास कार्यक्रम (PRDP)ले कार्यक्रमको आयोजना गरेको हो ।
सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, पत्रकार तथा सर्वसाधारण गरि ३ दर्जनको सहभागिता थियो । देशमा भईरहेको संविधान निर्माण प्रकृयामा खबरदारी गर्नका लागि कार्यक्रम आयोजना गरिएको जवाफदेहीताका लागि गौरीशंकर समूहका संयोजक गणेश बुढाथोकीले जानकारी दिए। उनका अनुसार खबरदारीका लागि निरन्तर रुपमा यस्ता कार्यक्रम गरिने सोच समूहको रहेको छ। तन्नेरी चासोको अगुवाईमा देशभर एकैसाथ यस्ता कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।