सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएकै मिति माघ ८ गते संविधान जारी गर्न प्रतिबद्ध रहेको बताएका छन्।
शनिबार राजधानीमा फोकस नेपालले आयोजना गरेको …सहमति, सहकार्य र संविधान : समृद्ध राष्ट्रका निम्ति वरदान तथा विशेष साँस्कृतिक समारोह' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दे मन्त्री पण्डितले अहिलेको सरकार माघ ८ गते नै संविधान जारी गर्न पूर्ण प्रतिबद्ध रहेको भन्दै सकेसम्म संघीयतासहितको संविधान जारी गर्ने समेत स्पष्ट पारे।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले नेपालका नेताहरुको सामू अहिले सहमतिका साथ अघि बढेर मुलुकलाई निकास दिनुपर्ने दायित्व आएको भन्दै त्यसमा कोही पनि चुक्न नहुने बताए। उनले भने–'कसैलाई संविधान नल्याउने रोग लागेकेा भएपनि उनीहरुलाई अस्पताल भर्ना गरेर भएपनि संविधान ल्याउनुपर्छ।'
मन्त्री पण्डितले कर्मचारी र प्रशासनलाई भ्रष्टाचारमुक्त पार्नुपर्ने समेत बताए।