राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुई बिपरित धारमा उभिएका दलहरुबीच जनआन्दोलनअघि भारतको नयाँ दिल्लीमा १२ बुँदे संझौता भएको भन्दै अहिलेसम्म संविधान नबनेको बताएका छन् । काठमाडौंमा आज भएको विचार गोष्ठीमा थापाले राजसंस्था अंगिकार गर्ने कंग्रेस, एमाले र त्यसको ठिक बिपक्षमा उभिएको माओवादीबीच नयाँदिल्लीमा १२ बुदे संझौता भएका कारण सहमति बन्न नसकेको दाबी गरे ।
भारतको इशारामा १२ बुँदे सहमति भएको भन्दै थापाले दलहरुले गल्ती महशुस गरेपनि स्वीकार भने अहिलेसम्म नगरेको दाबी गरे । 'काठमाडौंबाट झापा र नेपालगंज जाने यात्रु नारायणबाटसम्म सँगै हुन्छन्' थापाले भने 'त्यसपछि एक साथ यात्रा गर्न सक्दैनन, तर झापा जाने यात्रु लहलइमा लागेर नेपालगंज पुगिसक्दा पनि उसले अहिलेसम्म गल्ती महशुस गरेको छैन ।'
१२ बुँदे संझौता, धतुरोको विरुवा रापेर आँप फलाउछु भन्ने मानसिकताबाट गरिएको थापाले बताए । धतुरोको विरुवा रापेर आँप फल्दैन भन्ने थाहा हुँदै हुदै पनि कंग्रेस, एमाले र माओवादीले १२ बुँदे संझौता गरेको उनले दाबी गरे । शान्ति र सविधानका लागि अरवौं रकम खर्च भइसक्दा समेत उपलब्धी भने शून्य भएको थापाले बताए ।