नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले संविधानका महत्वपूर्ण विषयहरु संविधानसभामा नै टुङ्गाउनुपर्ने बताएका छन्।
प्रेस चौतारीले आयोजना गरेको अन्तर्रसंवाद कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन्।
राजनीतिक संवाद तथा सहमति समितिले संविधानसभामा पठाएको असहमतिको प्रतिवेदन पुनः समितिमै पठाउने कुरा सान्दर्भिक नहुने बताए।
'जन्मिसकेको बच्चालाई फिर्ता पठाउन मिल्दैन, प्रतिवेदनलाई फिर्ता पठाउनु भनेको पनि त्यस्तै हो' उनले भने 'जुन समितिले लामो समयसम्म काम गर्न सकेन फेरि त्यसैमा पठाउनुको केही अर्थ छैन।'
उनले सबैभन्दा शक्तिशाली संस्था संविधानसभा नै भएका कारण सबै समस्याहरु त्यहीँबाटै समाधान गर्नुपर्ने पनि बताए।
उनले जसरी भएपनि तोकिएको समय सीमाभित्रै संविधान जारी गर्नुपर्ने पनि बताए।'संविधानसभामा सहमति नभए प्रक्रियामा जानुको विकल्पै छैन किनकी संविधान बनाउनैपर्ने छ' उनले भने।