नेपाली काँग्रेसका युवा नेता एवम् सभासद् पुष्करनाथ ओझाले सेती अञ्चल अस्पताल धनगढीमा सघन उपचार कक्ष स्थापनाका लागि सांसद क्षेत्र विकास कार्यक्रममार्फत रु १० लाखको सहयोग गर्ने घोषणा गरेका छन्।
बिहीबार यहाँ सुदूरपश्चिमाञ्चल औद्योगिक, कृषि, पर्यटन र व्यापार मेलाको समापन समारोहमा उनले यो घोषणा गरेका हुन्।
समारोहमा विभिन्न क्षेत्रका व्यक्तिले पनि सघन उपचार कक्ष स्थापनाका लागि नगद सहयोग गर्नुभएको जानकारी गराइएको थियो।
मेला आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले मेलामा टिकट बिक्रीबापत प्रतिटिकटबाट अस्पतालका लागि दुई रुपैयाँ छुट्याइएकोसमेत गरी करिब रु २५ लाख सङ्कलन भएको जनाएको छ।
सरकारले अञ्चल अस्पतालमा सघन उपचार कक्ष स्थापनाका लागि यस वर्ष रु एक करोड रकम विनियोजन गरेको छ। रासस