संविधानसभाको आजको बैठकले पाकिस्तानको पेसावर सहरस्थित सैनिक विद्यालयमा यही पुस १ गते भएको आतङ्ककारी आक्रमणको निन्दा गर्र्दै सो कायरतापूर्ण उक्त घटनाको भत्र्सना गरेको छ।
सभाध्यक्ष सुवास नेम्बाङले 'नेपाली जनता जहिले र जहाँ पनि हुने आतङ्कवादी क्रियाकलापको विरुद्धमा छन् र त्यस्तो कायरतापूर्ण गतिविधिको निन्दा गर्छन्' भन्दै प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत गरिएको थियो।
बैठकले आक्रमणमा परी दिवङ्गत भएकाहरूको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति सहानुभूति एवम् समवेदना व्यक्त गरेको छ । बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। ुदुःखको यो घडीमा पाकिस्तानी जनतामा धैर्य गर्ने शक्ति प्राप्त होस्' भन्ने कामना पनि शोक प्रस्तावमा गरिएको छ। रासस
प्रकाशित मिति: 2014-12-18 19:39:05