आतंकवादी आक्रमणबाट स्कूले बालबालिका मारिएको समाचार पढ्दै गर्दा पाकिस्तानको एक टेलिभिजनकी समाचार वाचिका रोएकी छिन्।
पाकिस्तानको समाचारमूलक टेलिभीजन मा समाचार बाचिका सनम बलोच टिभी स्क्रीनमा मैनवत्ति बालेर समाचार बुलेटिनमा दर्शकहरूसँग प्रतिक्रिया लिइरहेकी थिइन्।
आक्रमणमा मारिएकाप्रति टिभीमा श्रद्धाञ्जली कार्यक्रम भइरहेको थियो। त्यसमा मैनवत्ती बालेर कार्यक्रम चलाइएको थियो।
कुरा गर्दागर्दै उनी स्क्रीनमै रोएकी थिइन्। रुँदै उनले भनिन् ‘आज म पूरै निराश भएको छु, आज मलाई लागिरहेको छ कि अब केही सही हुने छैन, यदि केही सही हुन्थ्यो भने आज सम्साँझै कसैको सम्झनामा मैनवत्ती जलाएर बस्नुपर्ने थिएन।
मंगलवार पाकिस्तानस्थित पेशावर सहरमा भएको आतंकारी आक्रमणमा १ सय ३२ जना स्कूले विद्यार्थीसहित १ सय ४१जनाको निधन भएको थियो।