अमेरिकी राष्ट्रपति बाराक ओबामाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई प्रभावित पारेको बताएका छन। भारतको कर्मचारीतन्त्रलाई सही गति दिन मोदीले चालेका कदमको प्रसंशा गर्दै ओबामाले आफू त्यसबाट प्रभावित भएको बताएका हुन्।
यसैबीच अगुवा उद्यमीहरुसँगको राउण्ड टेबलमा ओबामाले मोदीको प्रयासले ठोस नतिजा दिन समय लाग्ने पनि बताए। गत महिना म्यानमारमा भएको भेटमा ओबामाले मोदीलाई ‘म्यान अफ एक्सन‘ भनेका थिए। ओबामा डिसेम्बर २६ मा गणतन्त्र दिवसमा प्रमुख अतिथि बनेर भारत आउँदैछन्।