संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले लामो समयदेखि स्थगित गरेको बैठक आइतबारका लागि बाेलाएका छन्।
सार्क शिखर सम्मेलनको कारण राजनीतिक संवादमा सुस्ताएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शुक्रबार सक्रियता बढाएपछि समितिका सभापति भट्टराईले आतबार अपरान्ह १ बजेका लागि बैठक बाेलाउन तयार भएका हुन्।
सक्रियता संविधानका विवादित विषयमा दलहरुबीच बढ्दो विवादका कारण समितिको प्रतिवेदन संविधानसभामा पठाउन विषयमा मतभेद कायम रहेपछि सभापति भट्टराईले बैठक नै अनिश्चितकालका लागि स्थगित गरेका थिए।
सार्क शिखर सम्मेलन सकिएलगत्तै संसद सचिवालय पुगेका अध्यक्ष नेम्वाङले कांग्रेस र एमालेका नेताहरुसँग सहमतिका लागि तदारुकता देखाउन आग्रह गरेका थिए।
त्यसलगत्तै सभापति भट्टराईसँग अपरान्ह भएको फोन सम्पर्कमा अध्यक्ष नेम्वाङले समितिको सभापतिले तत्काल समिति बैठक डाकेर जतिसक्दो चाडो विवाद समाधान गर्न सुझाव दिएका थिए।
प्रतिउत्तरमा भट्टराईले नेम्वाङलाई आइतबार बिहान राजनीतिक समितिको बैठक बस्ने र अपरान्ह समितिको बैठक बस्ने जानकारी दिएका थिए।