९ सय मेगावाटको अरुण तेस्रो आयोजनाबारे सरकारले विकास सम्झौता (पीडीए)लाई पारित गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अरूण तेस्रोको पीडीए स्वीकृत गरेको सरकारका प्रवक्ताले जनाएका छन्।
यसैबीच भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सतलज जलविद्युत निगम (एसजेभिएन) सँग आयोजना विकास सम्झौता हुने बताइएको छ।
पीडीएबारे आइतबार साँझ प्रधानमन्त्रीले राष्ट्रपति रामवरण यादवलाई जानकारी गराएका थिए। उनले कांग्रेस र एमालेको बैठकमा समेत यसबारे छलफल गरेका थिए।