नेकपा–माओवादीको संस्थापन पक्षले विप्लवलाई पार्टीबाट छुट्टीएर हैन मिलेर अगाडि बढ्न आग्रह गरेको छ।
नेकपा-माओवादीको आज सम्पन्न केन्द्री समितिको बैठको निर्णयहरू सार्वजनिक गर्दै पार्टीका केन्द्रीय सचिव क.विप्लवलाई फेरि पनि इतिहासको टुटफुटको भुल नगरी कमी कमजोरीहरुबाट सच्चिएर पुनः जिम्मेवारीपूर्वक पार्टीमा आवद्ध रहन आह्वान हुन आग्रह गरेको छ।
जारी गरेको विज्ञप्ति अनुसार अध्यक्ष क.किरणद्वारा प्रस्तुत विशिष्ट राजनीतिक प्रस्ताव आवश्यक छलफल तथा परिमार्जनसहित सर्वसम्मत रुपमा पारित गरेको थियो।
यस्तै पार्टीका केन्द्रीय सचिव क.विप्लवद्वारा आज बिहान औपचारिक रुपले पार्टीसित सम्बन्ध विच्छेद गरी अलग रहने कुरा लिखित रुपमा पार्टी केन्द्रीय कार्यालयमा प्रस्तुत गरिएकोमा सो विषयबारे प्लेनममा फेरि पनि इतिहासको टुटफुटको भुल नगरी कमी कमजोरीहरुबाट सच्चिएर पुनः जिम्मेवारीपूर्वक पार्टीमा आवद्ध रहन आह्वान गर्ने निर्णय गरेको छ।
केन्द्रीय सदस्यको प्लेनम सङ्गठनात्मक र सङ्घर्षको मूर्त योजना तय गर्न जारी रहेको बताएको छ।