भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएपछि महोत्तरीको सदरमुकाम जलेश्वर र नेपाल भारत सीमामा पर्ने भिटामोरका बासिन्दामा निरासा छाएको छ।
विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले मोदीको धार्मिक भ्रमण रद्द भएको जानकारी गराएपछि महोत्तरीको जलेश्वर र भारतीय सीमा पारी भिट्ठामोड र सुरसण्डका बासिन्दाहरुमा निराशा छाएको हो।
मूल भन्सारसमेत रहेको सो स्थानमा मोदीले नेपाली भूमिमा पहिलो पाइला टेक्ने कार्यक्रम थियो। उनको स्वागत र नजिकबाट हेर्न पाइनेमा स्थानीय बासिन्दा विश्वस्त थिए। भ्रमण रद्द भएपछि उनीहरु अहिले निराश भएका छन।
उनीहरुले आफ्नो बाटोहुँदै जनकपुर जाने कार्यक्रम रहेकोले दर्जनौ ठाउँमा तोरणद्वार बनाई स्वागतका लागि तयारी अवस्थामा थिए।
तर एक्कासी भ्रमण रद्दको खबर पाएपछि हामी निराश भएको भारत भिट्ठामोडका बासिन्दा विमलेश झाले बताए। त्यस्तै यात्राको तिथि नजिकिंदै जाँदा महोत्तरीमा उनको स्वागतको व्यापक तयारी गरेको थियो।
यसैबीच नेपाली सेनाका मध्य क्षेत्रीय पृतनापति वलदेव राज महत, प्रहरी नायब महानिरीक्षकहरू शैलेन्द्र खनाल ,प्रकाश आर्यालले आईतवार निरीक्षण गरेको हो।
उनीहरुले महोतरीको सुरक्षा अवस्था, सडकको सरसफाई, भिठामोर देखि प्रकौली ब्यारेक सम्मको विभिन्न सार्वजनिक तथा मुख्य स्थानहरुमा निर्माण गरिने स्वागतद्वार, जलेश्वर भिठामोड खण्ड र हेलिप्याडको स्थलगत अनुगमण गरेका थिए। भिठामोड नाका देखि महोतरीको प्रकौलीसम्म सुरक्षा निकायका उच्च अधिकारीहरुको नेतृत्वमा सुरक्षा व्यवस्थापनकाको बारेमा पुर्वाभ्यास गरेका छन।सडकमार्गमा सुरक्षा ब्यवस्थामा विशेष कडाई गरिएको थियो।
आगामी मंसिर १० र ११ गते काठमाडौंमा हुने सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी भारतको पटनाबाट भिठामोड नाका हुँदै नेपालको ६ र भारतको ५ गरी मोदीले १२ किमि स्थलमार्गबाट महोत्तरीस्थित नेपाली सेनाकोे शेरगण प्रकौली व्यारेकमा मंसिर ९ को विहान पुग्ने कार्यक्रम रहेका थिए।
मोदीलाई ब्यारेकबाट नेपाली सेनाकोहेलिकोप्टरमा जनकपुरको ऐतिहासिक बारहबिघामा उतार्ने कार्यक्रम तय भएको थियो।