भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी श्रीमती जसोदा बेनले आफू मोदीसँगै बस्न चाहेको बताएकी छिन्।
मुम्बईमा घुम्नका लागि गएकी उनले भनिन्‘देवीमाको इच्छा भयो भने म प्रधानमन्त्रीको साथमा उनकै निवासमा रहन चाहन्छु।’
आफन्तहरूसँग भेटघाट तथा घुम्नका लागि निस्किएकी उनले आफूलाई प्रधानमन्त्रीको तर्फबाट भने कुनै पनि निमन्त्रणा नआएको बताएकी छिन्।
लामो समयदेखि उनीहरू छुट्टै बस्दै आएका छन्। आफ्नो भाइसँग बस्दै आएकी मोदी पत्नीलाई सरकारले दुईजना सुरक्षाकर्मी सुरक्षाको लागि खटाइदिएको छ।
तर मुम्बइमा रहेकी उनको सुरक्षाको लागि अहिले भने भारी मात्रामा सुरक्षाकर्मी खटाइएको छ।