प्रधानमन्त्री सुशील कोइरालासँग शुक्रबार बिहान राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमलथापा सहितको प्रतिनिधिमण्डलले भेट गरेको छ।
भेटका अवसरमा माघ ८ मा संविधान जारी गर्न संविधानसभा र यस अन्तरगतका समितिहरुले गर्नुपर्ने कामका विषयमा छलफल भएको थियो।
भेटमा प्रधानमन्त्री कोइरालाले निर्धारित समयमा संविधान निर्माण गर्न नसके मुलुक ठूलो दुश्चक्रमा फस्ने बताएका थिए।
सो अवसरमा राप्रपा नेपालका अध्यक्ष थापाले संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पुगेका अवधारणाहरु संविधानसभामा पु¥याउन सबै दलहरु गम्भीर हुन पर्ने आवश्यकता औल्याएका थिए। उनले समितिमा प्राप्त अवधारणाहरु संविधान सभामा पु¥याएर संविधान निर्माणका विषयमा संविधानसभाले निर्णय गर्न पनि ठूलादलहरुले आ–आफ्नो हठ त्याग गर्नुपर्ने बताए।
वर्तामा प्रधानमन्त्री कोइरालाले संविधान निर्माण जस्तो विषयमा प्रतिपक्षीदलहरु पनि आग्रहबाट मुक्त हुनुपर्ने बताए। उनले एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेताहरुलाई पनि भेटेर संविधान निर्माणमा हठ त्याग गरी गम्भिरता देखाउन यस्तै सुझाव दिन राप्रपा नेपालका अध्यक्ष थापालाई भनेका थिए।