सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले ६ प्रदेश बनाउनका लागि सहमत भएका छन्। तर एकीकृत नेकपा माओवादीले भने त्यसमा सहमति जनाएको छैन।उसले ‘जातिय पहिचान’का प्रदेशमा अड्डी लिइरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्र्रेस एमालेलगायत अन्य साना दलहरूबीच भएको छलफलमा दुई ठूला दलबीच यस्तो सहमति भएको हो।
त्यसमा अन्य साना दलहरूहरुलाई पनि सहमत भइदिन कांग्रेस एमालेले आग्रह गरेपछि अहिले साना दलहरू पनि बैठक गरिरहेका छन्। यी ६ प्रदेशमा भूगोल, नदीनाला, धार्मिक स्थललगायतका नाम जोडिएका छन्।