भारतका पुराना शहरमध्येको एक बेंगलोर शहरको नाम परिवर्तन भएर 'बैंगलुरू' बनाइएको छ। कर्नाटक राज्य सरकारले शुक्रबारदेखि लागु हुने गरी बेंगलुरू नाम प्रचलनमा ल्याउन निर्देशन दिएको हो। राज्यका अरु ११ ओटा शहरको नाम पनि परिवर्तन गरिएको टाइम्सअफ इण्डियाले जनाएको छ।
यसअघि भारतमा सन् १९९५ मा बम्बै शहरको नाम परिवर्तन गरी मूम्बई बनाईएको थियो। त्यस्तै मदरास, कलकत्ता, पुना नामहरु पनि परिवर्तन गरी नयाँ नाम क्रमशः चेन्नई, कोलकोत्ता, पुणे बनाईएको थियो ।