नेपाल र दक्षिण कोरियाबीचको दौत्य सम्बन्ध स्थापनाको ४० वर्षको उपलक्ष्यमा साताव्यापी विविध कार्यक्रम शुक्रबार सम्पन्न भएका छन् ।
दक्षिण कोरियाली राजदूताबासले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको उपस्थितिमा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा समारोह आयोजना गरेको थियो । समारोहमा बोल्दै कोरियाली राजदूत चोय योङ जिनले मे १४, १९७४ मा दुई देशबीच दौत्य सम्बन्ध स्थापना यताका ४० वर्षमा व्यापक सहयोग आदानप्रदान भएको बताएका थिए ।
दौत्य सम्बन्धका चार दशकको उपलक्ष्यमा फुड फेस्टिभल, चलचित्र प्रदर्शनी र चित्रकला प्रदर्शनीको समेत आयोजना गरिएको थियो । चित्रकला प्रदर्शनीमा ३३ जना कोरियाली कलाकारका कलाको प्रर्दशन भएको थियो ।