राजनीतिक संवाद तथा सहमति समितिको आज बसेको बैठक विना निश्कर्ष स्थगित भएको छ। बैठक भोलि फेरि बस्ने भएको छ ।
अहिले केही बेरमै ३ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्ने भएका कारण समितिको बैठकमा थप छलफल हुन नपाई बैठक स्थगित भएको हो ।
यो समितिलाई कात्तिक १५ गतेभित्र विवादित विषयहरूमा सहमति जुटाउन र नसकेका लिखित बुँदासहित संविधानसभामा पेश गर्ने म्याण्डेट दिइएको थियो ।