भारतको महाराष्ट्रमा पहिलो पटक भारतीय जनता पार्टीले सरकार बनाउँदैछ। पार्टीका देवेन्द्र फडणविसले शुक्रबार प्रधानमन्त्री नरेद्र मोदीको उपस्थितिमा मुख्यमन्त्रीको सपथ लिनेछन्। महाराष्ट्रका यी १८औं मुख्यमन्त्री हुन्।
हालै सम्पन विधासभा चुनावमा २ सय ८८ मध्ये १सय२२ सिटमा विजय हासिल गरी भाजपा सबैभन्दा ठूलो पार्टी बनेको छ। पहिलो पटक सत्तामा पुगेपछि याे सपथ ग्रहण समारोह भव्य बनाइएको छ।
करोडौँ खर्चमा हुन लागेको यो सथप समारोहमा २ सयभन्दा बढी ‘भिआइपी’हरूको उपस्थिति रहनेछ । त्यसमा राजनीतिक नेता, सामाजिक नेता, बलिउड, खेल, तथा विदेशी पाहुनासमेत आमन्त्रित गरिएको छ। समारोहको प्रत्यक्ष प्रशारण खुल्ला ठाउँमा १ सय ५० फिटको स्क्रिनमा पनि देखाइने योजना छ। त्यस्तै समारोहका बेला अबर सागरमा २५वटा डुङ्गाहरू कमलका फूलहरुसहित तैरिएको पनि देख्न सकिने छ।
सपथ ग्रहणलाई दोस्रो ठूलो दल शिव सेनाले भने बहिष्कार गर्ने भएको छ। सत्ता साझेदारीका विषयमा आफूसँग छलफल नगरेर अपमान गरको भन्दै शिव सेनाले सपथ ग्रहण बहिष्कार गर्ने बताएको हो।
सन् १९९९ देखि २०१४ सम्म महाराष्ट्रको सत्ता सम्हालेको भारतीय कांगे्रसले अहिले तेस्रो दल भएको छ।