नेपाली काग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले गोकर्ण बैठकले प्रमुख दलहरुबीच आईसब्रेक भएको बताएका छन।
दलहरुलाई सहमतिमा तोकिएकै समयमै संविधान जारी गराउन रिपोर्टर्स क्लबले आयोजना गरेको दवावमुलक देउसी भैलो कार्यक्रममा उनले सहमतिमै माघ ८ गते भित्र संविधान जारी हुने विश्वास ब्यक्त गरे।
देउवाले संविधानसभामा कसैको पनि दुई तिहाई बहुमत नभएकोले सहमतिको विकल्प नभएकोले सबै सहमतिको लागि लचिलो हुनु पर्ने आवश्यकता औल्याए।
उनले संविधान निर्माणको लागि अझै पुससम्मको समय बाँकी रहेकोले दलहरुबीच सहमति हुने विश्वास गर्दै विदाको बेलामा पनि दलहरुलाई सहमतिको लागि झक्झकाउने रिपोर्टर्स क्लब नेपाल र अध्यक्ष ऋषि धमलाको सक्रियताप्रति सम्मान ब्यक्त गर्दै यसलाई संविधान जारी नहुन्जेलसम्मको लागि जारी राख्न आग्रह गरे।