भ्रष्टाचारको विवादमा मुछिएका एन्फा अध्यक्ष गणेश थापाले खेलकुद मन्त्रालय र परिषदबाट कारबाही हुनु अघिनै पदभार हस्तान्तरण गर्ने सम्भावना छ।
स्रोतले दिएको जानकारी अनुसार केहीबेर पत्रकार सम्मेलन गरी थापाले यसबारे जानकारी दिँदैछन्।'आफू निलम्बनमा पर्नुअघिनै अध्यक्षको हैसियतले कसैलाई कार्यबाहक दिने रणनीतिमा थापा हुनुहुन्छ,' स्रोतले भन्यो,'त्यसपछि ५८ करोडको छानबिनको नतिजाअनुसार थापा एन्फा फर्कने वा नफर्कने निधो हुन्छ।'
थापाले एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलनको आयोजना गरेका छन्। सार्वजनिक लेखा समितिको निर्देशन अनुसार मन्त्रालय र परिषद आजै थापालाई निलम्बन गर्ने पक्षमा छन्। त्यअघि नै उनले 'सेफल्याण्डिङ' गर्न खोजेको स्रोतहरूको दाबी छ।
यो पनि हेर्नुहोस्