विशेष अदालतले माग गरेको ५० हजार रुपैयाँ धरौटी संकलन गर्ने नाममा मधेशका जिल्लामा गठित सिके राउत बचाउ संघर्ष समितिले आजदेखि एक रुपैयाँ संकलन अभियान चलाएको छ।
सिरहा लहानस्थित शहिद रमेश चौकमा सहयोग पेटिका राखेर आर्थिक संकलन थालिएको छ।
नागरिक समाजका अगुवा मनोज यादब भन्छन्, 'केन्द्रीय निर्णय अनुसार अभियान सुरु भएको छ। सबै जिल्ला जोडेर रु. ५० हजार नपुगेसम्म अभियान जारी रहन्छ।’
विशेष अदालतले असोज २८ गते मंगलवार राउतलाई रु. ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, राउत उक्त रकम नबुझाइ धराैटीमा छन्।