ऐतिहाँसिक तथा पुरातात्विक महत्व वोकेको म्याग्दीको बेनी नगरपालिका वडा नं ३मा अवस्थित खड्गभवानी कोट स्थानीय वासिन्दाहरुको वेवास्ताका कारण अस्तव्यस्त वन्दै जान थालेको छ ।
१५औं शताव्दीको प्रारम्भसंगै थापाहरुले राज्य गर्नथाले पछि अस्तित्वमा आएको ज्यामरुककोट २१औं शताव्दीको पूवार्धसम्म आइपुग्दा आफ्नो पहिचान र ऐतिहाँसिक विरासतलाई गुमाउँदै जान थालेको
इतिहाँसका अध्यता तथा वुद्धिजीविहरुले वताएका छन् ।
ज्यामरुककोटमा विक्रमसम्वत १२४६देखि १५४५ सम्म थापाहरुले राज्य गरेका र १५४५को भदौ महिनामा थापाहरुको पुख्यौली थलो मानिएको ताकम डिम्वमल्लले कव्जागरेपछि ज्यामरुककोट, पुलाचौर, कुहू र
राखुका थापाराजाहरुले आफ्नो खाइपाइआएको राज्य छोडेर मल्ल राजाहरुका मन्त्री र सेना वनेका र थापा राज्यको अन्त्यभएको इतिहाँसविद्हरुको भनाइ रहेको छ।
थापा राज्यको अन्त्यसंगै मल्लराजाहरुको नियन्त्रणमा रहेको ज्यामरुककोटलाई सामरिक दृष्टिकोणले समेत उपयुक्त ठानि मल्ल राजाहरुमध्येका शक्तिशाली मानिएका ताकमका राजा डिम्ववम मल्लले आँखा गाडेका इतिहाँसमा उल्लेख गरिएको छ ।
डिम्ववम मल्लले तत्कालिन ज्यामरुकेराजा भर्तिवममल्ललाई ज्यामरुककोट छोड्न धम्की दिएका तर डिम्ववम मल्लले ‘ दिए पनि खान्न, धपाए पनि जान्न , ज्यान गएपनि ज्यामरुककोट छोड्दिन भनेर अड्डि लिएपछि आक्रोशित वनेका डिम्ववम मल्लले भर्तिवम मल्लका भाइसंग मिलेर उनको हत्या गरेका इतिहाँसकारहरुको मत रहेको छ ।
आफ्नो पतिको हत्या भएको खवर सुनेर आत्तिदै पतिको हत्या भएको ठाउँ पर्वतको मल्लाजतर्फ आउँदै गर्दा अथुङ्गे गाविसको कुरिलाखर्कमा रानी र उनकी भान्छेवाहुनीले झण्डिएर आत्महत्या गरेका हुनाले सो ठाउँलाई महारानी थान भनिएको किवंदन्ती रहेको छ ।
भर्तिवम मल्लको अन्त्यपछि डिम्ववम मल्लको रेखदेखमा रहेको ज्यामरुककोट नेपाल एकिकरणको अभियानमा पर्वतराज्यमा गाभिएको र राजाको दरवार रहेको ठाउँमा खड्गभवानी मन्दिर वनाइ त्यहाँको चल अचल सम्पत्तिलाई गुठीमानि प्रत्येक नवरात्री र रामनहमीमा वलिसहित विशेष पुजा आराधना हुँदै आइरहेको छ ।
समयक्रमसंगै ऐतिहाँसिक महत्व वोकेको ज्यामरुककोटको खड्गभवानी मन्दिर अहिले आएर अस्तव्यस्त अवस्थामा रहेको छ । त्यहाँ रहेका हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी , भाला, तरवार , ढाल लगाएतका औजारहरुमा खिया लागेको छ भने कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाँठावाठाहरुको व्यक्तिगत सम्पत्तिजस्तै वनेको स्थानीयवासिन्दाहरुले वताएका छन् । खड्ग भवानीको नाममा प्रशस्तै गुठीजग्गा रहेको भएता पनि त्यसको अतिक्रमण हुने क्रम वढ्दै जान थालेको छ । गुठी संरक्षणमा गुठी व्यवस्थापन तथा कोटपूजा संचालन समिति र गाविसले कुनै ध्यान नदिएको स्थानीयहरुको भनाइ रहेको छ।
पर्यटकीय महत्वले समेत उपयुक्त मानिएको खड्ग भवानी मन्दिर परिसरमा केही भौतिक पुर्वाधारहरुको निर्माण गर्नेहो भने वर्षेनी सयौं पर्यटकहरु त्यहाँ पुग्न सक्ने सम्भावना रहँदारहँदै पनि गाविस र समितिले कुनै पहल गर्न नसकेको स्थानीय वुद्धिजीविहरुले वताएका छन्।